काठमाडौंमा लोक दोहोरी गीत प्रतियोगिता

काठमाडौं। राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा आजदेखि काठमाडौंमा लोक दोहोरी गीत प्रतियोगिता शुरु हुन लागेको छ।

‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ सुरु हुने प्रतियोगिता चैत १९ गतेसम्म चल्नेछ। भृकुटीमण्डपमा हुन लागेको प्रतियोगितामा देशभरका गरी ७० समुहले सहभागिता जनाउँदैछन्।
प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख २५ हजार नगद पुरस्कार राशी तोकिएको छ। यस्तै दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट दुई पुरुष र महिला कलाकारका साथै उत्कृष्ट भेषभुषा र अनुशासित समुहलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us