अभियुक्त हतकडी सहित फरार

काठमाडौं । धनुषामा धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । आइतबार साँझ बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन् ।

आइतबार जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । आइतबार रातिदेखि नै मुखियाको खोजी कार्य तीव्र गरिएकाे प्रहरीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us