नेपाल आज मलेसियासँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल मलेसियासँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टियुस्थित नेपालको घरेलु मैदानमा अपरान्ह साढे १२ बजे शुरु हुनेछ ।

शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ ।

नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us