सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्नुहुने

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्नुहुने भएकाे छ । गत माघ ५ गते सभामुख चयन भए पनि बासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आउनुभएकाे हाे । सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने तयारी गर्नुभएकाे हाे ।

गत सोमबारको मन्त्रीपरिषद बैठकले सभामुखको निवासमा पुरानै सभामुख निवास तय गरेको छ । आवाश्यक प्रक्रिया पूरा भएपछि र रंगरोगनको काम सकिएपछि छिट्टै नै सभामुख घिमिरे बालुवाटारस्थित सरकारी निवासमा सर्नुहुने भएकाे जनाइएकाे छ । सभामुख घिमिरेको निवासमा हाल राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आउनुभएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *