तराईका जिल्लामा आज होली मनाइँदै

काठमाडौं । फागुपूर्णिमा अर्थात होली पर्व मंगरबार तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । यस पर्वको अवसरमा आज तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us