प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको भाउ अघिल्ले दिनको तुलनााम घटेको छ । छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

छापावाल सुन अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ८ सयमा कारोबार भएको थियो । मंगलबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँम बिक्री भइरहेको छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ३ सय रुपेयाँ थियो । आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयााँले घटेको छ । चाँदी प्रतितोला ल१ हजार २ सय ६५ मा बिक्री भइहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *