पाल्पा जिल्लालाई ढाकाको राजधानी घोषणा

काठमााडौं। सरकारले ढाका कपडा उद्योगको संस्थापकको रुपमा परिचित पाल्पा जिल्लालाई ढाकाको राजधानी घोषणा गरेको छ । ढाका बुन्ने सीप, कलालाई प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधिकरणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानी घोषणा गरेको हो ।

हालै आयोजित कार्यक्रममा ढाकाको राजधानी घोषणा गर्दै मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले पाल्पाली ढाकाको बजारीकरणमा ध्यान पुग्न नसकेको भन्दै अब यसको सीप विकास, प्रविधिलाई बढावा र बजारीकरणमा पनि अगाडि बढाउनुपर्ने भन्नुभयो ।
वहाँले मन्त्रालयको योजना अनुसार पाल्पा र तेह्रथुमला जिल्लालाई ढाका राजधानी घोषणा गर्ने कार्यक्रम चालू आर्थिक वर्षको कार्यक्रममा राखेको बताउँदै सोहीअनुसार ढाका राजधानी घोषणा गरिएको बताउनु भयो ।

ढाका राजधानी घोषणाबाट पाल्पाली ढाकाको ब्रान्डिंग भइ यसको उत्पादन, प्रवर्द्धन,रोजगारी अभिवृद्धि तथा उद्यमीको क्षमता विकास हुने र यसबाट राष्ट्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । मन्त्रालयले चालू आर्थिक वर्षमा दुई ओटा जिल्लामा ढाका प्रवर्द्धन गर्न १५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us