स्ववियु चुनावका लागि आज मनोनयन पत्र वितरण र भोलि उम्मेद्वारी दर्ता हुने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि शुक्रबार उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ ।

बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । शनिबार प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारको नामावली पनि शनिबार नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ । आगामी चैत ५ गते त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *