नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु भएको छ । शुक्रबार बिहान पशुपतिनाथ पुगेर उहाँले दर्शन तथा पूजा गर्नुभएको हो ।

नव–निर्वाचित राष्ट्रपति पौडेल पूजाका लागि जाने भएपछि पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि सुरक्षा बढाइएको थियो । पशुपतिमा पूजापछि पौडेल सुन्दरीजल पुगेर त्यहाँस्थित स्वर्गीय बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको छ भने त्यहाँस्थित वीपी संग्रहालयको अवलोकन समेत गर्नुभएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गर्नुभएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे पौडेलनिवास बोहोराटार पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *