महामारी र विपद् सामना गर्न संयुक्त तयारी गरौंः प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरू समस्यामा परेको भन्दै आगामी दिनमा यस्ता महामारी र विपद्को सामना गर्न संयुक्त रुपमा तयारी गर्नुपर्ने बताउनु भएको छ।

श्रीलंकाको कोलम्बोमा भइरहेको पाँचौं बिमस्टेक समिटमा प्रधानमन्त्रिले काठमाडौंबाट भर्चुअल सम्बोधन गर्नु भएको हो। समिटमा बोल्दै प्रधानमन्त्रि देउवाले भन्नुभयो, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट अझ राम्रोसँग पुनस्स्थापना गर्न र भविष्यमा कुनै प्रकोप र विपद्बबाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रका लाखौं नागरिकले ज्यान गुमाएका, गरिबी र बेरोजगारीको समस्या देखिएको भन्दै देउवाले महामारीबाट पुनर्स्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको बताउनु भयो।

महामारी सामना गर्न लचिलो र समावेशी पुनर्स्थापनाको योजना बनाउनुपर्ने पनि प्रधानमन्त्री देउवाले भन्नुभयो । त्यसका लागि खोपको पर्याप्तता, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षाका योजनालाई बढावा दिनुपर्ने भन्दै उनले संरचनात्मक सुधारका साथै भौतिक र मानवीय पुँजीमा लगानी बढाउनुपर्ने बताउनु भयो । बिमस्टेक क्षेत्र जलवायु परिवर्तनका कारण पनि खतरामा रहेको भन्दै देउवाले यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने कुरा सुझाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us