सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १६ सय रूपैयाँले बढेर एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ४५ रूपैयाँले बढेर १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *