रमेश खरेलले काठमाडौंको मेयर उठ्ने तयारीमा

काठमाडौं। नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारीमा रहेको बुझिएको छ। गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गर्नु भएको थियो। त्यसयता वहाँ सो पार्टीको संगठन विस्तारमा लाग्नु भएको छ। सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील हुनु भएको थियो।

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्नेबारेमा खरेल सकारात्मक रहेको बताइएको छ र खरेलले यसबारे पार्टीभित्र आन्तरिक छलफल समेत गरिराख्नु भएको छ । खरेल आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौंको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताउनु भयो। साथीभाइसँग पार्टीभित्र पहिले छलफल गर्छु, अहिले निर्णय भएको केही पनि छैन,’ वहाँले भन्नुभयो, ‘नकार्न चाहिँ सकिँदैन।’ अभियानलाई पार्टीमा रूपान्तरण गर्नु भएका खरेल प्रहरीमा सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us