दक्षिण कोरियाका २ सय भिक्षु लुम्बिनीमा

काठमाडौं । दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका २ सयजना बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन्। दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले कोरियाली बौद्ध भिक्षु–भिक्षुणी सहित बौद्ध तीर्थयात्रीहरुलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो। भारतस्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका हुन्।

एक हजार किलोमिटर पैदलयात्रा गरेर कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन्। मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक ९मार्कर स्टोन०, पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङगणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु छासुङ्गले प्रवचन दिएका थिए। कोरियन भिक्षुहरुको समूहलाई लुम्बिनी विकास कोषले मंगलबार स्वागत गरेको थियो।
कोरियाली बौद्ध तीर्थयात्रीहरुको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए। पुजा तथा प्राथनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिती रहेको थियो।

प्राथना र पूजा कार्यक्रममा रुपन्देही ५ का सांसद बासुदेव घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थ लुम्बिनी आउँदा नेपाल र दक्षिण कोरियाविचको सम्बन्ध थप प्रगाढ बनेको बताए। उनले नेपाल र दक्षिण कोरियाविच धार्मिक रुपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको उल्लेख गरे।

नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरुलाई बुद्धजन्मस्थल मायोदवी प्राङगणमा स्वागत गर्न पाउदा खुशी लागेको सुनाए। उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले फागुन महिना भगवान गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको भएको बताए। उनले यो महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दूरी पूरा गरि कष्टसाथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीका लागि खुशीको क्षण रहेको उल्लेख गरे।

फेब्रुअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो। कोरियाली बौद्ध धर्माम्बलम्बीहरुको टोली बुधबार विहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ। पछिल्लो समय विभिन्न देशबाट बौद्धधर्मगुरु र तीर्थयात्रीहरुको ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउनेक्रम बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *