काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले बिहीबारदेखि लागू हुने गरी डीडीसी ब्राण्डको दूधको मूल्य प्रति प्याकेट ५ रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
डीडीसीले बढाएको पछिल्लो मूल्य अनुसार अब त्यहाँको दूध किन्दा प्रतिलिटर ८९ रुपैयाँ तिर्नु पर्ने भएको छ । यो मूल्य चैत २ गते बिहीबारदेखि लागू हुने संस्थानले जनाएको छ ।
यसअघि संस्थानले बिक्री गर्दै आएको डीडीसी दूधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दूध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नु पर्नेछ ।