प्रतितोला १००० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत माघ १९ गते सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।अमेरिकाको सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागिरहेको छ ।दुई बैंक बन्द भएपछि स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले अमेरिकाको स्टक मार्केट ओरालो लाग्दा लगानीकर्ता सुनमा आकर्षित भएको र यसले मूल्य बढाएको बताए । त्यस्तै चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *