काठमाडौं। प्रहरीले बिहीबार बिहान ५ बजे पर्साबाट २६ किलो लागु औषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-३२ बस्ने रामतुल्लहा मिया,चितवन राप्ती नगरपालिका-१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
उनीहरु जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोमा सवार थिए । मिया अटो चालक हुन् ।