५ अंकले तल झर्यो नेप्से

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचकमा ५ अंकको गिरावट आएको छ । आज नेप्से सूचक ५.३२ अंकले घट्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५१ अंकले घट्दै ३६४.७८ अंकमा झरेको नेप्सेले जनाएको छ ।

५ अंकमाथिले घटेको बजारमा आज १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १४ अंकले नेप्से घटेको बजारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको थियो ।

आज हाइड्रोपावर, इन्भेष्टमेन्ट, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७६ प्रतिशतले घट्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us