काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । नेपाल, मलेसिया र पीएनजीबीचको त्रिदेशीय क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जीत हात पारेको छ ।
मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा ओपनर आसिफ शेखले ५७ रनको अर्धसतकीय पारी खेले । साथै दीपेन्द्रसिंह ऐरीले २१, दिलिप नाथले अविजित १५ र रोहित पौडेलले १२ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन पाएनन् ।
आफ्नो पहिलो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । तीनै टीमले एकअर्काविरुद्ध २÷२ खेल खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । हाल नेपाल अंक तालिकाको पहिलो स्थानमा छ ।