आज कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्दैछ । कांग्रेस सरकारमा सहभागी हुने , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र संसदमा आज प्रस्तुत हुने विधेयक लगायतका विष्यमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठक अघि कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ । सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान साढे १०ःबजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *