काठमाडौं। आइतबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख १० हजार रुपैयाँ पुगेको छ ।
सुनको मूल्य अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको माघ १९ गते सुनको मूल्य अहिलेसम्मकै उच्च हुदै तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो । त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ ।
आज चाँदीको मूल्यपनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आइतबार १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको मूल्य बढेको बिश्लेसकको भनाइ छ ।