उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले साेमबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

साेमबार बिहान राष्ट्रपति कार्यालयशितल निवासमा एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण समाराेहमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको उपस्थिति रहेकाे थियो ।

यहि चैत ३ गते सम्पन्न भएकाे उपराष्ट्रपतिकाे निर्वाचनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियाे । शपथ ग्रहण लगत्तै यादवले उपराष्ट्रपति भवनमा गएर पदभार ग्रहण पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *