साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज सोमवारबाट बंगलादेशमा शुरु हुँदैछ । बंगलादेशको राजधानी शहर ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद् नतिजा निकाल्ने दाउमा छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

नेपाली टोलीमा डिफेन्डर अञ्जना पुनमगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु रहेका छन् भने गोलकिपरमा सुजाता तामाङ, राधिला ओली, करुणा बुढाथोकी रहेका छन् ।

यस्तै, माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मियाँ, भावना परियार, पुनम चेम्जोङ मिडफिल्डर र दीपा रोकाया, वर्षा ओली, सेनु परियार फरवार्ड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *