काठमाडौं । राहदानी विभागले मंगलबार घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । तर राहदानी विभागले भने बिदामा पनि आफ्नो सेवा नरोकिने जनाएको छ ।
विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २ बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भोलि मङ्गलबारका लागि ८ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौँ ।” विभागले मङ्गलबार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा सूचना समेत सार्वजनिक गरेको छ ।