कैलाली । जोशीपुर गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा २जनाको मृत्यु भएको छ । गाउँपालिकाकाे वडा नम्बर ७ मा गए साेमकबार राति से १ च ८८७० नम्बरको ट्र्याक्टर दुर्घटना भएकाे हाे ।
दुर्घटनामा २६ घाइते भएका छन् । जिल्ला प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका भजनी नगरपालिका–९ का १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।
कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको ट्र्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै ट्र्याक्टर चालक भजनीका सुरज चौधरी फरार भएका छन्र । उनकाे खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।