इन्जिनियर अनुमतिको लागि लिइएको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल

काठमाडौं । इन्जिनियर अनुमतिको लागि लिइएको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् । इन्जिनियर लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम दिएका । आवेदक मध्ये परीक्षामा  १ हजार ९ सय ८१ जना सहभागी थिए  । परीक्षा दिएका मध्ये ५ सय ६५ जना मात्र उत्तीर्ण भएका छन् । परीक्षा दिएका मध्ये २८.५ प्रतिशत परीक्षार्थी मा उत्तीर्ण भएका हुन् । बाकी ७१.५ प्रतिशत अनुत्तीर्ण भएका छन् । ११ जनाको परीक्षा रद्द गरिएको छ । 

लाइन्सेन्स परीक्षा नेपाल इन्जिनियरिङ परिषदले  लिने गरेको छ । परिषद्ले यस वर्ष चैत दोस्रो साता पहिलो पटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको हो ।

इन्जिनियर उत्तीर्ण गरेकाहरुले व्यवसायका लागि काउन्सिलमा दर्ता गर्नुपर्ने प्रावधान छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउन्थ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा उत्तीर्ण भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us