कांग्रेसबाट पूर्णबहादुर खड्काले सरकारमा नेतृत्व गर्ने

काठमाडौं । सरकारमा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काले नेतृत्व गर्नुहुने भएको छ । कांग्रेसको मंगलबार बिहान बसेको केन्द्रीय सम्पादन समितिको बैठकले सरकारमा उपसभापति खड्काको नेतृत्वमा पठाउने निर्णय गरेको हो । 

पार्टीबाट नेतृत्व गर्दै सरकारमा जाँदा खड्का उपप्रधानमन्त्री बन्नु हुने भएको छ तर उहाँले समाल्ने मन्त्रालयको टुंगो भने लागिसकेको छैन । १० दलीय गठबन्धन सरकारमा खड्काले रक्षा मन्त्रालय पाउने सम्भावना बढी छ । 

कांग्रेसले खड्काको नेतृत्वमा अर्का उपसभापति धनराज गुरुङ, पार्टी प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ लगायतलाई सरकारमा पठाउने तयारी गरेको छ । 

कांग्रेसले गृह वा अर्थ मध्ये एउटा मन्त्रालय पाउने देखिएको छ । गृह अन्य पार्टीको भागमा परे कांग्रेस प्रवक्ता महत अर्थमन्त्री बन्ने सम्भावनाा छ । सरकारमा सहभागी अरुले कुन कुन मन्त्रालय पाउँछन् भन्ने टुंगो भने लागिसकेको छैन । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us