प्रधानमन्त्री विरूद्ध नाराबाजी गर्ने युवा धरौटी बुझाएर रिहा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा छुटेका छन्। सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरूलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डिएसपी) निरञ्जन भट्टले जानकारी दिए। उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो। प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएता पनि धरौटी रकम नबुझाएका कारण हिजो उनीहरूलाई कारागार चलान गरिएको थियो।

गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणड सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउ पछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो। प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us