बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार २५ रूपैयाँले बढेर १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us