कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का नेताका रुपमा मुख्यमन्त्री भइ माघ ६ गते पहिलो पटक विश्वासको मत लिनुभएका शर्माले आज दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

पहिलो पटक विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शर्माले विश्वासको मत लिनु पर्ने भएको छ । सरकारको नेतृत्व गरेको माओवादीका यस प्रदेशमा १३ जना सांसद रहेका छन् भने नेपाली कांग्रेसका १४ र नेकपा (एमाले)का १० जना सांसद छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) १ र राप्रपाका एकजना सांसद छन् । त्यस्तै स्वतन्त्र समेत एकजना सांसद छन् ।

४० सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन न्यूनतम २१ सांसदको समर्थन आवश्यक हुन्छ । केन्द्रको सत्तासमिकरण अनुसार हुने हो भने नेकपा (एमाले)ले विपक्षमा मतदान गरेपनि माओवादी र कांग्रेसका सांसदबाट नै मुख्यमन्त्री शर्माले विश्वासको मत पाउने देखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us