काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो दिनको दोस्रो खेल लखनउ सुपर जायन्ट्सले जित्यो। उसले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्यो।
लखनउको घरेलु मैदानमा भएको खेलमा लखनउले १ सय ९४ रनको लक्ष्य दिएको थियो। दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो।
दिल्लीका लागि कप्तान डेभिड वार्नरले ४८ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए।
लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले २/२ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। लखनउका लागि कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।