नेपाल एयरलाइन्सको दुबई उडान ११ घण्टा ढिलो

काठमाडौं । नेपाल एयरलाइन्सको दुबई उडान  पाइलट बिरामी भएपछि ११ घण्टा ढिलो भएको छ ।

नेपाल वायु सेवा निगमको  शनिबार राति  १२ बजे उड्नु पर्ने  आर ए २२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । विमान दुबई उड्ने क्रममा छ ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेका थिए ।

विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो’ उहाँले भन्नुभयो– ‘उडान रद्द भएको होइन, डिले भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *