गृहमन्त्री श्रेष्ठद्वारा मिटरब्याज पीडितको स्वास्थ्य अवस्थाबारे चासो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको छ। पीडितहरुको स्वास्थ्य अवस्था परीक्षण भइरहेको स्थल अनामनगर पुगेर उहाँले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो।

यही १३ चैतदेखि काठमाडौंमा न्यायका लागि संघर्षरत उनीहरुको उपचारमा कमी हुन नदिन उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *