सुनको मूल्य तोलामा १ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले बढेको छ । सोमबार तोलामा ६ सयले नै घटेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार पाँच सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार चार सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us