काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको ५७ औं सचिवालयको बैठकले बैठकले आगामी २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्ने निर्णय गरेको हाे ।
बैठकपछि पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरद्वारा जारी प्रेस विज्ञप्ति अनुसार कुनै पनि क्षेत्रमा पार्टीले उम्मेदवार उठाउने छैन ।
विज्ञप्ति अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले बाराको निर्वाचन क्षेत्र नं . २ चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँको निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा अघि सारिएका उम्मेदवारहरूलाई समर्थन जनाउँदै मत दिन आफ्नो पार्टी पङ्क्तिलाई निर्देशन गर्ने निणय भएको हाे ।