काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने भएको छ । निर्वाचन आयोगले उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने जनाएको छ ।
तनहुँ १, बारा २ र चितवन २ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारविरुद्ध उजुरी परे चैत २२ गते छानविन गरी त्यही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न त्यही दिन प्रदान गरिने आयोगले जनाएको छ ।
त्यसपछि चुनाव प्रचार प्रसार शुरु हुनेछ । वैशाख १० गते तिन वटै क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।