काठमाडौं। सिक्किमको नाथुलामा हिमपहिरोमा परी ३ नेपालीसहित ७ पर्यटकको मृत्यु भएको छ । हिमपहिरोमा चितवनका शिवप्रसाद लामिछान र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठले जीवन गुमाएका छन् । हिम पहिरोमा जीवन गुमाउनेहरु अन्य ५ जना उत्तर प्रदेश, पश्चिम बंगाल र कोलकत्ताका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गान्तोक नाथुला सडकमा मंगलवार दिउँसो हिमपहिरोमा परेर दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हिमपहिरोबाट कम्तीमा २० जनालाई उद्धार गरिएको सेनाले जनाएको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।