जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने

काठमाडौं । लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने भएपछि उद्घाटनको तीव्र तयारी गरिएको छ । 

‘रेल सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी फागुन १ गतेभन्दा पहिले नै भए पनि कानून  अभावमा औपचारिक रूपमा सञ्चालन गर्न सकेका थिएनौँ । तर,  अध्यादेश जारीपछि भने उद्घाटन मिति तय भएको हो,’ नेपाल रेल–वे  कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो । रेल्वे सेवाको उद्घाटन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री  नरेन्द्र  मोदीद्वारा संयुक्त रूपमा भर्चुअल माध्यमबाट हुने  उहाँले जानकारी दिनुभयो । आउने चैत्र १९ गते शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले  संयुक्त  रूपमा  उद्घाटन  गर्ने  कार्यक्रम तय भएको छ ।   

औपचारिक रूपमा रेल सेवा उद्घाटन हुने मिति तय भएपछि  नेपाल रेल–वे कम्पनीका कर्मचारीहरू त्यसको तयारीमा जुटेका हुन् । खरिद गरेको करिब दुई वर्ष बित्नलाग्दा समेत रेल सञ्चालनमा  नहुँदा स्थानीय एवं रेलका कर्मचारी आत्तिएका थिए ।  

तर, अब भने मिति तय भएपछि स्थानीय, व्यापारी कर्मचारी सबै खुशी भएका छन् । पटकपटक सञ्चालन हुने भनिए पनि सञ्चालनमा आउन नसके रेल यही चैत ८ गते मङ्गलबार  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल–वे अध्यादेश, २०७८ जारी गरेपछि  रेल–वे  कम्पनी रेल सेवा सञ्चालनका लागि जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us