प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा बुधवार सुनको मूल्य हिजोको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार बढेर १ लाख ११ हजार कायम भएको छ । यो मूल्य हालसम्मकै सर्वाधिक हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ४४० रुपैयाँ कायम भएको छ । मंगलवार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *