काठमाडौं । सरकारले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट अब देवनागरी लिपिमा पनि लेख्न स्वीकृति दिएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्न स्वीकृति दिइएको जानकारी दिनुभएको छ । मन्त्री शर्माका अन्ुसार अनुसार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्थामात्र थियो । त्यसलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको हो ।
‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने कानुनी व्यवस्था गरेका हौं’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।