सरकारले दुई दिनभित्र शतप्रतिशत पूर्णता पाउने: प्रधानमन्त्री दाहाल

काठमाडौं। बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनु भएको छ।

उहाँले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताउनु भयो । उहाँले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउनु भयो । उहाँले अबको बजेटमा गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताउनु भयो ।

उनले भन्नुभयो, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतिपूर्ण रुपमा छ । अहिले सरकारले करिवकरिव पूर्णता पाएको छ । आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महशसु गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *