नेप्से ८.३९ अंकले बढ्यो

काठमाडौं। बुधबार बजार परिसूचक नेप्से ८.३९ अंकले वृद्धि भएर १८७५.०४ अंकमा बन्द भएको छ । अर्थमन्त्रीमा डा. प्रकाश शरण मत नियुक्त भएपछिको साताको सुरुवाती तीन दिन घटेको सेयर बजार चौथो दिन भने एकल अंकले वृद्धि भएर बन्द भएको छ । गत बिहीबारयता लगातार चार दिन घटेको नेप्से पाँचौं दिन बुधबार भने बढेको हो ।

बुधबार उत्पादनमूलक, व्यापार र निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक १।०४ प्रतिशत र बैंकिङ उपसूचक ०।६५ प्रतिशतले वृद्धि भएको छ । यता उत्पादनमूलक उपसूचक ०।१० प्रतिशत, निर्जीवन बीमा उपसूचक ०।५२ प्रतिशत र व्यापार उपसूचक ०।४१ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार करिब ९२ करोडको कारोबार भएको बजारमा बुधबार ८१ करोड ६० लाखमा झरेको हो । २१ हजार ५०४ वटा कारोबारमा २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बुधबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ४३ लाख रुपैयाँको कारोबार हुँदा नबिल बैंकको २ करोड ३६ लाख र गुराँस लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा समान्य सुधार भएपनि कारोबार रकम घटेको बजारमा बुधबार २१७ कम्पनीको सेयर कारोबार हुँदा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ६४ कम्पनीको सेयरमूल्य घटेको छ भने ७ कम्पनीको सेयरमूल्यमा स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *