काठमाडौं। गठबन्धनको बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अनुमोदन गरेको छ ।
गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र नेकपा एकीकृत समाजवादीका डा विजयकुमार पौडेल लगायतका नेताहरु रहनु भएको थियो ।
कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेर एक साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो । कार्यदलले बुझाएको मस्यौदाबारे गठबन्धन बैठकमा छलफल भएको हो ।
कार्यदलले बुझाएको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेताको बैठकले अनुमोदन गरेको हो । गठबन्धनबाट अनुमोदित न्यूनतम साझा कार्यक्रम सरकारले आज बेलुकी ५ बजे सार्वजनिक गर्दैछ ।