नक्कली परीक्षार्थीको आशंकामा ११६ जना पक्राउ

विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा एसईई दिन आएका ११६ जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको विभिन्न स्थानमा रहेका ३ परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीको आशंकामा १ सय १६ जनालाई प्रकाउ गरेको हो ।

ग्रामथान गाउँपालिका९२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार त्यही परीक्षा केन्द्रबाट १ जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले पुष्टि गर्नुभयो ।

‘आज ५२ जना शंकास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौं, भेरिफाइ भइरहेको छ,’ उहाँले भन्नुभयो’ एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं ।’

कुन/कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको उहाँले बताउनुभयो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् । शंकास्पद ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले यो संख्या घटबढ हुनसक्ने बताएको छ । केराबारी गाउँपालिका-७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका-१ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us