काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन सहज हुने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले घरघरमा छरिएका सानासाना रकम पुँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताउनु भयो ।
उहाँले विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने बताउनु भयो ।
उहाँले छरिएर रहेको रकमलाई पुँजीको रुपमा जम्मा गर्दा लगानीमा उपयोग हुनसक्ने र लगानीको निम्ति पैसाको अभाव नहुने स्थिति बन्ने बताउनु भयो ।
अध्यक्ष नेपालले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले न्यायायिक समिति गठन गरिसकेकाले उनीहरुका समस्या समाधान हुने दावी गर्नुभयो ।