दिगो विकासको लक्ष्य प्राप्त गर्न सबै पक्षबीच सहकार्य आवश्यक छ: पुष्पकमल दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिगो विकासको लक्ष्य प्राप्त गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । 

प्रधानमन्त्रीले शुक्रबार  सिंहदरबारमा आयोजित  कार्यक्रममा विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । 

‘दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव हुँदैन’ उहाँले भन्नुभयो– यसमा निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदारहरू सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ ।’

प्रधानमन्त्रीले दिगो विकासको लागि नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारले सबै पक्षसँग हातेमालो गर्ने धारणा व्यक्त गर्नुभयो ।  यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ’ उहाँले भन्नुभयो– ‘अन्य क्षेत्रहरूले आ–आफ्नो जिम्मेवारीबोध गरी दिगो विकास अनुरूपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ ।’

प्रधानमन्त्रीले सरकार नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गरेको  उल्लेख गर्दै दिगो विकास लक्ष्यसहित मुलुकको गुणात्मक विकासलाई केन्द्रमा राखेर काम गर्न पनि सरकारका सबै निकायलाई निर्देशित गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *