धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना

काठमाडौं। काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ । डायनेस्टीको हेलिकप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्न लाग्दा दुर्घटना भएको  हो ।

दुर्घटनाामा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएर अस्पताल नजिकको घरको छानामा खसेको छ । तर मानवीय क्षति भने भएको छैन । दुर्घटनाबारे अनुसनधान भइरहेको छ । हेलिकप्टरका चालक दल सकुशल रहेको प्रहरीले जनाएको छ । 

स्रोतका अनु्सार हेलिकप्टर भरतपुरमा रहेका बिरामी लिन डाक्टरसहित जानको लागि विमानस्थलबाट अस्पताल लगिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *