काठमाडौं । काठमाडौंका प्रमुख बालेन्द्र महानगरमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन साहले महानगरमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । सामाजिक संजालमार्फत शनिबार बिहानैदेखि संघीय सरकार र विभिन्नि दलका नेताप्रति लक्षित गर्दै शब्द प्रहार गरिरहनु भएका मेयर साहले फेसबुकबाटै प्रहरी बिट हटाउन निर्देशन दिनुभएको हो ।
‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला’ फेसबुकमा साहले लेख्नुभएको छ– ‘नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’
मेयर साहले उहटाउनु पर्ने प्रहरी बिटहरू पनि सार्वजनिक गर्नुभएको छ । साहले फेसबुकमा ‘बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, चिकमंगलम, धोवी चोर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट हटाउनु पर्ने’ उल्लेख गर्नुभएको छ ।
साहले दूतावास लगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको’ उल्लेख गर्नुभएको छ । साहले कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने स्थापित गर्न सबै तयार हुन अपिल गर्नुभएको छ ।
महानगरले सुकुमबासी बस्तीमा डोजर चलाउँदा नेपाल सरकार र प्रहरीले असहयोग गरेको मेयर साहको बुझाइ छ । शुक्रबार बागमती किनारस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन खोज्दा महानगर असफल भएको थियो । मेयर साहले त्यसकै भोलिपल्ट प्रहरी बिट हटाउन निर्देशन दिनुभएको हो ।