काठमाडाैं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरू हुँदैछन् । लिगको सातौँ चरण अन्तर्गत आज दशरथ रङ्गशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। सङ्कटा र मछिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
रङ्गशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ। त्यस्तै सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
सङ्कटा आज तेस्रो जितको योजनामा हुनेछ । सङ्कटा ६ खेलमा ९ अङ्क जोडेर सातौँ स्थानमा छ । साबिक विजेता मछिन्द्र दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ६ अङ्क जोडेर ११ औँ स्थानमा रहेको छ । सातदोबाटो पाँचौं जितको योजनामा रहेको छ ।
सातदोबाटो १२ अङ्क जोडेर चौँथो स्थानमा रहेको छ । आर्मी तेस्रो जितको योजनामा छ । आर्मी ८ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।