१८ फागुन, काठमाडौं । रुसी सेनाले युक्रेनका ठूला शहरमा बम र गोलाबारी तीव्र पारेको छ । दोस्रो ठूलो शहर खार्किभमा भएको बमबारीमा परी कम्तिमा २१ जनाको ज्यान गएको छ ।
युक्रेनका अधिकारीले राजधानी किएभ र खार्किभ सहितका शहरमा रुसले बम र गोलाबारीलाई तीव्रता दिएको बताएका छन् । खार्किभमा रुसी सेनाले गरेको बम र गोलाबारीमा कम्तिमा २१ जना मारिएको उक्त शहरमा गभर्नर ओले सिनेहुबोभले बताए । एक सय १२ जना घाइते भएको पनि उनको भनाइ छ ।
यता किभएको टेलिभिजन टावरमा आक्रमण हुँदा कम्तिमा पाँचजनाको मृत्यु भएको छ । टेलिभिजनको कन्ट्रोल रुम र पावर सबस्टेशनलाई रुसी सेनाले लक्षित गरेको अधिकारीहरूको भनाइ छ । त्यस्तै, युक्रेनी गृह मन्त्रीका एक सल्लाहकारले जाइटोमिर शहरको मानव वस्तीमा क्रुज मिसाइल प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।