कोरोना भाइरस संक्रमणले मंगलबार एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणले मंगलबार एक जनाको मृत्यु भएको छ । कोरोनाको कारण कारण ३ महिनापछि फेरि मृत्यु शुरु भएको हो । 

वीर अस्पतालमा उपचाररत ७८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।

यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । त्यसपछि भने कोरोनाबाट मत्यु हुने क्रम रोकिएको थियो । मंगलबार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४ सय ३६ नमूनामध्‍ये ४ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।  १ हजार ९ सय ६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण भेटिएको छ ।कोरोनाको संक्रिय संक्रमित  ४ सय ६९ पुगेको छ ।

काठमाडौं उपत्यकामा संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन्  । ५ जनाको भेन्टिलेटरमा उपचाररत छन् । मंगलबार ४८ जना कोरोनालाई जितेर भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *